मुक्तिनाथ विकास बैंकले फोनपे अनर्समा हात पार्‍यो तीन वटा अवार्ड्स

बिजमाण्डू
२०८३ असोज २८ गते १३:२० | Oct 14, 2026
मुक्तिनाथ विकास बैंकले फोनपे अनर्समा हात पार्‍यो तीन वटा अवार्ड्स


काठमाडौं। मुक्तिनाथ विकास बैंकले फोनपेद्वारा आयोजित ‘फोनपे अनर्स’ कार्यक्रममा तीन वटा अवार्ड हात पारेको छ। विकास बैंक समूहअन्तर्गत विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्दै बैंकले उक्त अवार्ड्स हासिल गरेको हो।

GBIME
Tata

बैंकले ‘हाइएस्ट फोनपे डिरेक्ट भोल्युम (इस्युअर)’, ‘हाइएस्ट फोनपे क्यूआर भोल्युम (इस्युअर)’ र ‘हाइएस्ट फोनपे क्यूआर भोल्युम (एक्वाइरर)’ विधामा अवार्ड जितेको हो।

‘हाइएस्ट फोनपे डिरेक्ट भोल्युम (इस्युअर)’ विधामा बैंकको मोबाइल एपमार्फत सबैभन्दा धेरै संख्यामा रकमान्तर गरिएको आधारमा सम्मान प्राप्त गरेको छ। त्यस्तै, ‘हाइएस्ट फोनपे क्यूआर भोल्युम (इस्युअर)’ विधामा बैंकको मोबाइल एप प्रयोग गरी सबैभन्दा धेरै क्यूआर कारोबार गरेको आधारमा अवार्ड पाएको हो।

यसैगरी, ‘हाइएस्ट फोनपे क्यूआर भोल्युम (एक्वाइरर)’ विधामा क्यूआर मर्चेन्टमार्फत सबैभन्दा धेरै कारोबार प्राप्त गर्न सफल भएकोमा पनि बैंक सम्मानित भएको छ।

यस उपलब्धिले आगामी दिनमा डिजिटल बैंकिङ सेवालाई थप विस्तार गर्दै ग्राहकलाई आधुनिक र प्रविधिमैत्री सेवा प्रदान गर्न प्रेरणा मिल्ने बैंकले जनाएको छ।