काठमाडौं। सरकारले तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसामु सिफारिस गरेको छ ।
बुधबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद्ले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।
उनले भोटेकोशी बाढीमा बेपत्ता भएकाहरुलाई मृतक घोषणा गर्नका लागि विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश सिफारिस गरेको बताए।
हालको कानुनमा बेपत्ता भएको १२ वर्ष नभएसम्म मृतक मानिंदैन। त्यही कारण सरकारले त्यो अवधिलाई ४५ दिनमा झारेर बाढीमा बेपत्ता भएकाहरुलाई मृतक घोषणा गर्न लागेको हो। भोटेकोशी बाढीमा बेपत्ता हुनेको संख्या ५ हजारभन्दा बढी छ।







