काठमाडौं। उद्योगपति विनोद चौधरीले नेपाली कांग्रेसको उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
चौधरीले कांग्रेसको काठमाडौंमा जारी १५औं महाधिवेशनबाट उपसभापति चुनिन मंगलबार उम्मेदवारी दर्ता गराएका हुन्।
महाधिवेशनबाट ४ जना उपसभापति निर्वाचित हुनेछन्। उपसभापतिमा डा. मीनेन्द्र रिजाल, चन्द्र भण्डारी, मधु आचार्य, सुरेन्द्रराज पाण्डे, दीपक गिरी, फरमुल्लाह मन्सुर लगायत आकांक्षी छन्।
उम्मेदवारी दर्ताका लागि अपराह्न ४ बजेसम्मको समय तोकिएको छ।









