सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा, सेयरधनीलाई १२.७० प्रतिशत प्रतिफल

बिजमाण्डू
२०८३ असोज २० गते १०:३९ | Oct 6, 2026
सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा, सेयरधनीलाई १२.७० प्रतिशत प्रतिफल


काठमाडौं। सिक्लेस हाइड्रोपावरले लाभांश घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

GBIME
Tata

हाइड्रोपावरका सेयरधनीले पोहोरको मुनाफाबाट चुक्ता पुँजीको १२.७० प्रतिशतले हुन आउने १२ करोड ४२ लाख रुपैयाँ बराबरको बोनस सेयर पाउनेछन्।

यस्तै, कर प्रयोजनका लागि ०.६६ प्रतिशतले हुन आउने ६५ लाख ३६ हजार रुपैयाँ बराबर नगद लाभांश घोषणा गरिएको छ। कम्पनीको साधारण सभा र वि्दयुत नियमन आयोगको स्वीकृतिपछि सेयरधनीले प्रतिफल पाउनेछन्।

सिक्लेस हाइड्रोपावरले अघिल्लो वर्ष १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।