काठमाडौं। ग्लोबल आइएमई लघुवित्तले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ९.५० प्रतिशत लाभांश दिने घोषणा गरेको हो।
कम्पनीको सञ्चालक समितिको सोमबार बसेको बैठकले चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। कम्पनीको चुक्ता पुँजी हाल ६४ करोड ८२ लाख रुपैयाँ छ।
नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन्।











