काठमाडौं। बिजमाण्डूका सम्पादक सुदर्शन सापकोटालाई पितृशोक परेको छ।
उनका पिता टंकप्रसाद सापकोटाको ७६ वर्षको उमेरमा आइतबार निधन भएको छ। मुटुरोगबाट पीडित टंकप्रसादको मोरङस्थित आफ्नै निवासमा आइतबार मध्यान्ह निधन भएको हो।
स्वर्गीय टंकप्रसादको इटहरीको मुक्तिघाटमा अन्त्येष्टि गरिएको छ। उनी अवकाशप्राप्त शिक्षक हुन्।
स्वर्गीय टंकप्रसादका श्रीमती, दुई छोरा र दुई छोरी छन्।










