उपल्लो मुस्ताङमा हिमपात, तल्लोमा बाढी : कालीगण्डकी र नारायणीको बहावले बस्ती डुबानमा (तस्विरहरु)

बिजमाण्डू
२०८३ असोज ११ गते १२:२४ | Sep 27, 2026
उपल्लो मुस्ताङमा हिमपात, तल्लोमा बाढी : कालीगण्डकी र नारायणीको बहावले बस्ती डुबानमा (तस्विरहरु)

काठमाडौं । केहीदिन यताको निरन्तर वर्षाले देशका विभिन्न भेगमा बाढी पहिरो गएको छ। जसकारण हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

Vigo
GBIME
Tata

कालीगण्डकी नदीले आसपासका बस्ती नै बगाएको छ। पहिरोका कारण पनि धेरै ठाउँमा क्षति पुगेको छ। अहिले लुम्बिनी प्रदेशका विभिन्न स्थान बाढी पहिरोका कारण अस्तव्यस्त बनेको छ।

तीब्र हावाहुरीका कारण ठूला रुखहरु ढलेका छन्। जसकारण विद्युत आपूर्तिमा समस्या पुगेको छ।

यता मुस्ताङका उपल्लो क्षेत्रमा हिमपात हुँदा केही क्षेत्रमा बाढी गएको छ।

शनिबार रातिको भारी वर्षाका कारण मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ लुप्रा गाउँबीचबाट बग्ने खोलामा आएको बाढीले एक गुम्बासहित पाँच घरमा क्षति पुगेको छ। तस्वीर : सुन्दरकुमार थकाली/रासस
शनिबार रातिको भारी वर्षाका कारण मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ लुप्रा गाउँबीचबाट बग्ने खोलामा आएको बाढीले एक गुम्बासहित पाँच घरमा क्षति पुगेको छ ।
तस्वीर: सुन्दरकुमार थकाली/रासस
अविरल बर्षाको कारण तिनाउ नदीमा आएको बाढीले आइतबार बुटवल महानगरपालिका ११ माथिल्लो मजुवा टोलमा बगाएको घरको अवस्था । बाढीले तीन वटा घर बगाउनुका साथै तीन वटा घर क्षतिग्रस्त बनाएको छ। तस्बिर:सुमित्रा चापागाई (अधिकारी),रासस

नारायणी नदीमा आएको बाढीका कारण नवलपरासी –बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित बोटेटोलमा डुबेको बस्ती । नारायणी नदीको बाढी पस्दा यहाँका ११० घर डुबानमा परेका छन् । तस्बिरः टेकराज पोखरेल÷रासस

नारायणी नदीमा आएको बाढीका कारण नवलपरासी –बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित बोटेटोलमा डुबेको बस्ती । नारायणी नदीको बाढी पस्दा यहाँका ११० घर डुबानमा परेका छन् । तस्बिरः टेकराज पोखरेल÷रासस
अविरल वर्षापछि आइतबार त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटमा बढेको नदीको जलसतह । अहिले नदीको जलसतह खतराको तहभन्दा माथि पुगेको छ ।
तस्बिर ः सनद अधिकारी÷रासस
अविरल वर्षाका कारण आज बिहान भासिएको गुल्मीको रेसुङ्गा बिमानस्थल जाने देउराली-सिमीचौर पक्की सडक । तस्बिर : जनार्दन घिमिरे/रासस
उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा शनिबार रातिदेखि भारी हिमपात भएको छ । हिमपातका कारण स्थानीय जनजिवन प्रभावित भएको छ ।
तस्विर: सुन्दरकुमार थकाली/रासस

उपल्लो मुस्ताङमा हिमपात राष्ट्रिय समाचार समिति (रासस) मुस्ताङ,११,असोज उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा शनिबार रातिदेखि भारी हिमपात भएको छ । हिमपातका कारण स्थानीय जनजिवन प्रभावित भएको छ । तस्विर: सुन्दरकुमार थकाली/रासस

मलेखु मुग्लिन सडक
नारायणघाट सीमलताल सडक
मुग्लिन सडक खण्डको अवस्था
अविरल वर्षाका कारण बाँकेको राप्ती सोनारी गाउँपालिकास्थित राप्ती नदीमा आएको बाढी । नदीमा अहिले पानीको सतह बढ्दै गएको छ । तस्बिरः भेषराज बस्नेत/रासस