कोरला नाका क्षेत्र बेमौसमी हिमपातले सेताम्मे, कन्टेनर आवतजावतमा समस्या

बिजमाण्डू
२०८३ असोज ९ गते १६:२४ | Sep 25, 2026
कोरला नाका क्षेत्र बेमौसमी हिमपातले सेताम्मे, कन्टेनर आवतजावतमा समस्या


काठमाडौं। कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात भएको छ। हिमपातले कोरला नाका क्षेत्र सेताम्मे भएको छ।

Vigo
GBIME
Tata

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार मुस्ताङमा बिहीबारदेखि निरन्तर वर्षा भइरहँदा उपल्लो मुस्ताङको कोरला नाका क्षेत्रमा हिमपात भएको छ।

उनका अनुसार हिमपातका कारण कन्टेनर आवतजावतमा समस्या देखिएको छ। चीनसँगको व्यापार अहिले कोरला नाकामा निर्भर छ।

लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा भएको छ। बस्तीदेखि माथिका उच्च लेकमा आंशिक हिमपात भइरहेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए।

स्थानीय प्रशासनले वर्षाका कारण मुस्ताङको काभ्रेभिरदेखि उपल्लो मुस्ताङका सडकमा यात्रा नगर्न भनेको छ।

बिहीबार रातिदेखि चार दिनसम्म साँझ ६ः०० देखि बिहान ६ः०० बजेसम्म यातायातका साधन सञ्चालन गर्न रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी एकराज भण्डारीले जानकारी दिए। रासस