काठमाडौं। नेपाली महिला कबड्डी टोलीले एसियन गेम्समा काश्य पदक जितेको छ। आज सम्पन्न सेमिफाइनल खेलमा भारतसँग पराजित भए पनि नेपालले काश्यपदक जित्न सफल भएको हो।
जारी एसियन गेम्समा नेपालको यो दोस्रो पदक हो। यसअघि बक्सिङका शेर्पाले काश्य पदक जित्दै नेपालको खाता खोलेका थिए।
जापानको तोकाइ सिटिजन हलमा सम्पन्न खेलमा भारतले नेपाललाई आज ४८-२४ ले हरायो।

नेपाली महिला कबड्डी टोलीले यसअघिको संस्करणमा पनि काश्य जितेको थियो। बिहीबार नेपाली टोलीले श्रीलंकालाई हराएर पदक पक्का गरेको थियो।
अन्य खेलमा भने निकै तामझामका साथ जापान पुगे पनि नतिजा निरन्तर निराशाजनक आइरहेको छ।











