श्रीलंकालाई हराएसँगै महिला कबड्डीमा पदक पक्का, ‘भारतसँग अब टफगेम छ’

बिजमाण्डू
२०८३ असोज ८ गते १६:५८ | Sep 24, 2026
श्रीलंकालाई हराएसँगै महिला कबड्डीमा पदक पक्का, ‘भारतसँग अब टफगेम छ’


काठमाडौं। जापानमा जारी एसियाली खेलकुदमा कबड्डीले पदक पक्का गरेको छ। आज सम्पन्न खेलमा श्रीलंकालाई ३४-२५ ले हराउँदै नेपालले पदक पक्का गरेको हो। योसँगै नेपाल सेमिफाइनलमा पुगेको छ। अब नेपालले कम्तीमा कास्य पदक पक्का गरेको छ।

Vigo
GBIME
Tata

जितपछि कबड्डी टोलीकी कप्तान मानमती बिस्टले संघदेखि प्रशिक्षकसम्मको प्रयासले आफ्नो टोली सफल हुनसकेको बताइन्। उनले अझै जितेर ठूलो पदकको लक्ष्यमा रहने बताइन्।

 ‘हामी यसैमा सन्तुष्ट छैनौँ।  अर्को खेल भारतसँग छ। टफ छ। तर, हामी पनि कमजोर छैन। हाम्रो बेस्ट खेल्नेछौँ। जित्नकै लागि खेल्नेछौँ।’ उनले भनिन्।

अघिल्लो संस्करणमा पनि नेपाली महिला कबड्डी टोलीले पदक जितेको थियो। यसअघि नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ४६-४३ ले हराएको थियो।