हिमालय एयरलाइन्सले काठमाडौं-सांघाई सिधा उडान १२ गतेदेखि पुनः सुरु गर्दै, सातामा २ वटा

बिजमाण्डू
२०८३ असोज ८ गते १२:५३ | Sep 24, 2026
हिमालय एयरलाइन्सले काठमाडौं-सांघाई सिधा उडान १२ गतेदेखि पुनः सुरु गर्दै, सातामा २ वटा


काठमाडौं। हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको सांघाईमा पुन: उडान गर्ने भएको छ।

Vigo
GBIME
Tata

कम्पनीले असोज १२ गतेदेखि त्रिभुवन विमानस्थलबाट सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित सिधा उडान पुनः सुरु गर्न लागेको हो।

प्रारम्भिक चरणमा सातामा दुई वटा उडान गर्न लागेको कम्पनीले जनाएको छ। काठमाडौं-सांघाई उडान हरेक सोमबार र शुक्रबार हुनेछ। सांघाई-काठमाडौं उडान मंगलबार र शनिबार हुने कम्पनीले जनाएको छ।

काठमाडौं-सांघाई-काठमाडौं सिधा उडानले नेपालमा चिनियाँ पर्यटकको संख्या बढाउन सहयोग पुग्ने विश्वास रहेको कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले बताए।