एटीसीका लागि चाहिने केबल काटिएपछि अमेरिकामा सयौं उडान प्रभावित

बिजमाण्डू
२०८३ असोज ६ गते ०६:४९ | Sep 22, 2026
एटीसीका लागि चाहिने केबल काटिएपछि अमेरिकामा सयौं उडान प्रभावित
Photo : Gemini AI


अमेरिकाका प्रमुख विमानस्थलहरुमा उडान प्रभावित हुँदा हवाई सेवा प्रभावित भएको छ।

Vigo
GBIME
Tata

निर्माण कार्यका क्रममा एयर ट्राफिक कन्ट्रोल (एटीसी) को लागि चाहिने महत्वपूर्ण केबल नै काटिएपछि उडानहरु अवरुद्ध भएको बीबीसीले उल्लेख गरेको छ।

सोमबार अपराह्न न्यूयोर्क, पेन्सिलभेनिया, न्यूजर्सी र म्यासाचुसेट्सका विमानस्थलहरुमा उडान रोकिएका थिए। कयौं विमानहरु डिले भएको थियो।  

न्यू जर्सी ट्रान्सिटमा मजदुरहरुले खन्ने क्रममा गल्तीले हवाई यातायातको टर्मिनल राडार एप्रोच कन्ट्रोलसँग सम्बन्धित केवल काटेका थिए। काटिएको केवल ‘ब्याकअप नेटवर्क’को थियो।

प्राइमेरी सर्किट पहिले नै बिग्रिएको र सो ब्याकअप तार पनि काटिएपछि समस्या बढेको बताइएको छ।

यसबाट न्यूयोर्कको न्यूअर्क लिबर्टी अन्तर्राष्ट्रिय विमानस्थल सबैभन्दा बढी प्रभावित भएको छ। त्यहाँबाटमात्र २५० भन्दा बढी उडानहरु डिले भएका थिए।

यसका साथै जोन एफ केनेडी, लागार्डिया र फिलाडेल्फिया विमानस्थल पनि प्रभावित भएको बताइएको छ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन विश्वभरका नेताहरु न्यूयोर्क आउने क्रममै यो घटना घटेको हो।

अमेरिकी यातायात मन्त्री सन डफीले केवलको मर्मत भइसकेको र उडान सेवा पुनः संचालन हुने क्रममा रहेको बताएका छन्।

यद्यपि, अझै केही समय उडानहरु डिले हुनसक्ने अधिकारीहरुले जनाएका छन्।