काठमाडौं। सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रशासनिक नेतृत्व फेरेको छ।
असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले उद्योग सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई सरुवा गरी उनको ठाउँमा रुद्रसिंह तामाङलाई लगेको हो। तामाङ त्यही दिन सचिवमा बढुवा भएका हुन्।
दुवाडीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ। मुख्यसचिव गोविन्दबहादुर कार्कीले दुवाडीलाई सरुवा गरेर तामाङलाई उद्योग मन्त्रालयमा पदस्थापनाको निर्णय भएको जानकारी दिए।
दुवाडी दुई महिनामै सरुवा भएका हुन्। उनी गत असार मसान्तमा कृष्णबहादुर राउत महिला मन्त्रालयमा सरुवा भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट उद्योग मन्त्रालयमा आएका थिए। तामाङ र दुवाडी दुवैजनाले सोमबारबाट नयाँ जिम्मेवारीको काम थालिसकेका छन्।











