बाढी प्रभावित बालबालिकाका लागि चीनको सहयोग, सरकारलाई दियो १ करोड १० लाख

बिजमाण्डू
२०८३ असोज ५ गते १६:०८ | Sep 21, 2026
बाढी प्रभावित बालबालिकाका लागि चीनको सहयोग, सरकारलाई दियो १ करोड १० लाख


काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित बालबालिकालाई सहयोगका लागि चीन सरकारले नेपाललाई एक करोड १० लाख रुपैयाँ दिएको छ।

Vigo
GBIME
Tata

नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले सोमबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई सहयोग रकमको चेक हस्तान्तरण गरेका छन्।

राजदूत माओमिङले बाढीबाट प्रभावित बालबालिकालाई प्रत्यक्ष सहयोग पुगोस् भनेर रकम उपलब्ध गराएको भन्दै नेपालको सुख-दुःखमा चीन सदैव साथमा रहने बताएको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ।

मन्त्री पोखरेलले विपत्तिको समयमा चीनको सहयोगप्रति आभार प्रकट गरे।