राष्ट्रसंघको महासभामा उठाउनुपर्ने विषयबारे बालेनले लिए कांग्रेसको सुझाव, विश्वप्रकाशले के भने?

बिजमाण्डू
२०८३ असोज ५ गते १४:२३ | Sep 21, 2026
राष्ट्रसंघको महासभामा उठाउनुपर्ने विषयबारे बालेनले लिए कांग्रेसको सुझाव, विश्वप्रकाशले के भने?


काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोटेकोशी विपद्सहित जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको सङ्कटलाई अन्तर्राष्ट्रियकरण गर्न प्रधानमन्त्री बालेन्द्र शाहसँग आग्रह गरेको छ।

Vigo
GBIME
Tata

कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र भीष्मराज आङ्देम्बेले सोमबार सिंहदरबारमा प्रधानमन्त्री बालेनसँगको भेटमा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको एकपछि अर्को विपद्‍बारे संयुक्त राष्ट्रसंघको महासभामा प्रष्टसँग कुरा राख्न ध्यानाकर्षण गराएका हुन्।

विश्वप्रकाशले नेपालले भोगिरहेको सङ्कटलाई अन्तर्राष्ट्रियकरण गर्न आग्रह गरेको जानकारी दिए। उनले विपद् सामना गर्न सिंगो देश सरकारको साथमा रहेको सन्देशसहित जलवायु न्यायको कुरा उठाउन सुझाव दिएको बताए।

राष्ट्रसंघको महासभामा भाग लिन जानुअघि आवश्यक छलफलका लागि बालेनले कांग्रेस नेताहरुलाई सिंहदरबार बोलाएका थिए।

प्रधानमन्त्री बालेन राष्ट्रसंघको महासभामा भाग लिन मंगलबार अमेरिका जाँदैछन्। बालेनलाई आइतबार सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले पनि भोटेकोशी बाढीले निम्त्याएको विपद्‍बारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन निर्देशन दिएको थियो।

 

सम्माननीय प्रधानमन्त्रीज्यूले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भोलि अपराह्न संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गर्नुहुनेछ।