ग्लोबल आइएमई सेक्युरिटिजको तेस्रो साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव सर्वसम्मतिले पारित

बिजमाण्डू
२०८३ असोज ४ गते १९:३२ | Sep 20, 2026
ग्लोबल आइएमई सेक्युरिटिजको तेस्रो साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव सर्वसम्मतिले पारित


काठमाडौं। ग्लोबल आइएमई सेक्युरिटिजको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीकाले आइतबार अध्यक्ष टेकनाथ पोखरेलको अध्यक्षतामा साधारण सभा सम्पन्न गरेको हो।

Vigo
GBIME
Tata

साधारण सभाले वार्षिक प्रतिवेदन, लेखापरीक्षकको वित्तीय विवरण तथा नियुक्ति, चुक्ता पुँजीको ३.८ प्रतिशतका दरले नगद लाभांश वितरण र प्रबन्धपत्र संशोधन सम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

साधारण सभामा अध्यक्ष पोखरेल, सञ्चालकद्वय विकासराज पाण्डे र विजय कार्की, प्रमुख कार्यकारी अधिकृत प्रवीना पाण्डे तथा ग्लोबल आइएमई बैंकका प्रतिनिधि टिकाराम पाण्डेले आ-आफ्ना धारणा राखेका थिए।