राष्ट्रसंघको महासभामा सहभागी हुन शिशिर खनाल गए अमेरिका, प्रधानमन्त्री बालेन मंगलबार जाने

बिजमाण्डू
२०८३ असोज ४ गते १८:४२ | Sep 20, 2026
राष्ट्रसंघको महासभामा सहभागी हुन शिशिर खनाल गए अमेरिका, प्रधानमन्त्री बालेन मंगलबार जाने


काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन्। उनी आइतबार साँझ परराष्ट्र मन्त्रालयका अधिकारीसहित अमेरिकाको न्युयोर्क प्रस्थान गरेका हुन्।

Vigo
GBIME
Tata

परराष्ट्रमन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउने उनको सचिवालयले जनाएको छ।

खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्तासमेत गर्ने तालिका छ।

राष्ट्रसंघीय महासभामा नेपालले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १४ सदस्यीय टोलीले सहभागिता जनाउनेछ। बालेन मंगलबार अमेरिका जानेछन्। उनले असोज ८ गते महासभामा सम्बोधन गर्ने तालिका छ।

बालेनले न्युयोर्कमा रहँदा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। बालेन १० गते र परराष्ट्रमन्त्री खनाल १३ गते स्वदेश फर्किनेछन्।