सेयर कारोबार ५३.०८ प्रतिशतले घट्यो, दुई महिनामा १ खर्ब ८१ अर्बको किनबेच

बिजमाण्डू
२०८३ असोज ४ गते १३:३१ | Sep 20, 2026
सेयर कारोबार ५३.०८ प्रतिशतले घट्यो, दुई महिनामा १ खर्ब ८१ अर्बको किनबेच


काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को दुई महिनामा सेयर कारोबार घटेको छ। यो वर्ष साउन र भदौमा १ खर्ब ८१ अर्ब ४५ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

Vigo
GBIME
Tata

यो रकम अघिल्लो आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा ५३.०८ प्रतिशतले कम हो। पोहोर साउन र भदौमा ३ खर्ब ८६ अर्ब ७२ लाख रुपैयाँको सेयर कारोबार भएको थियो।

दुई महिनामा बजारमा हाइड्रोपावरको सबैभन्दा धेरै ८६ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३८.५४ प्रतिशतले कम हो।

यो वर्ष ऋणपत्र बाहेक सबै सूचकको सेयर कारोबार घटेको छ। दुई महिनामा २ अर्ब ५१ करोड रुपैयाँको ऋणपत्र कारोबार भएको छ। यो रकम गत वर्ष दुई महिनाको तुलनामा ६६९ प्रतिशत बढी हो।

सेयर कारोबार रकम (दश लाखमा)

सूचक२०८३/८४२०८२/८३फरक %
हाइड्रोपावर८६०६१.१९१४००२५.८६-३८.५४
उत्पादन तथा प्रशोधन२३५१०२९७९८.८१-२१.१
वाणिज्य बैंक२०२०१.१४३७८८४.४६-४६.६८
विकास बैंक१०६८२.०९३४४८२.७९-६९.०२
इन्भेष्टमेन्ट८२९६.१२२०२५८.४५-५९.०५
फाइनान्स७७४८.१९१०६०३.९७-२६.९३
माइक्रोफाइनान्स६१८७.५४३६७१७.०६-८३.१५
होटल तथा पर्यटन४३१२.९९८१३३.४-४६.९७
अन्य४०५८.३६३९५३९.२१-८९.७४
जीवन बीमा३५७६.३७१२९५७.०९-७२.४
ऋणपत्र२५१२.८४३२६.४७६६९.७
निर्जीवन बीमा२३३५.०६८०९७.२-७१.१६
म्युचुअल फण्ड५५८१७७४.२८-६८.५५
ट्रेडिङ२३९.५४६४३.६९-६२.७९
कुल कारोबार१८१४५२.७४३८६७४२.११-५३.०८
स्रोत:नेपाल स्टक एक्सचेन्ज