एनपीएल खेलतालिका: दोस्रो सिजन फाइनल खेलेकै टोली भिड्नेछन् तेस्रोको उद्घाटन खेलमा

बिजमाण्डू
२०८३ असोज ३ गते २०:१८ | Sep 19, 2026
एनपीएल खेलतालिका: दोस्रो सिजन फाइनल खेलेकै टोली भिड्नेछन् तेस्रोको उद्घाटन खेलमा
दोस्रो संस्करणको एनपीएल अघि सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी र लुम्बिनीका कप्तान रोहित पौडेल। फाइलफोटो : एनपीएल


काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्ने भएका छन्। यी दुई टोली दोस्रो संस्करणको फाइनलमा खेलेका थिए। जसमा लुम्बिनी सुदूरपश्चिमलाई हराउँदै च्याम्पियन बनेको थियो।

Vigo
GBIME
Tata

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले प्रेस विज्ञप्ति जारी गर्दै यसपटक पनि एनपीएका सबै खेल टीयू क्रिकेट मैदानमै हुने जनाएका हुन्। दशै सकिएसँगै कार्तिक ९ गतेबाट सुरु हुने प्रतियोगिताको फाइनल खेल मंसिर ५ गते हुनेछ।

अधिकांश दिन दुईवटा खेल हुनेछन्। क्यानले पहिलो खेल साढे १२ र दोस्रो खेल साढे ४ बजे सुरु हुने जनाएको छ। प्रतियोगिताका लागि अहिले फ्रेन्चाइजहरु विदेशी खेलाडी टुंगो लगाउन जुटेका छन् भने क्यान तयारीमा लागेको छ।

यस्तो छ खेलतालिका