वाणिज्य बैंकले ४.२२ प्रतिशतले बढाए नाफा, साउनमा ८.७३ अर्ब फाइदा, ७ वटाको खुम्चियो

बिजमाण्डू
२०८३ असोज २ गते १८:१३ | Sep 18, 2026
वाणिज्य बैंकले ४.२२ प्रतिशतले बढाए नाफा, साउनमा ८.७३ अर्ब फाइदा, ७ वटाको खुम्चियो


काठमाडौं। वाणिज्य बैंकहरुले नाफा बढाएका छन्। चालु आर्थिक वर्ष पहिलो महिना साउनमा वाणिज्य बैंकहरुको नाफा ४.२२ प्रतिशतले बढाएर ८ अर्ब ७३ करोड रुपैयाँ कमाएका हुन्।

Vigo
GBIME
Tata

पोहोर सोही अवधिमा वाणिज्य बैंकहरुले ८ अर्ब ३८ करोड ३० लाख रुपैयाँ खुद नाफा गरेका थिए। कष्ट अफ फण्ड घटेर ब्याज आम्दानी बढ्दा बैंकहरुको नाफामा सुधार भएको हो। साउनमा १३ वटा बैंकले नाफा बढाएका छन्। ७ वटाको नाफा भने खुम्चिएको छ।

कृषि विकास बैंकको नाफा १०७ गुणाले बढेको छ। नबिल बैंकले सबैभन्दा धेरै ८८ करोड ३१ लाख खुद नाफा गरेको छ।

त्यसैगरी, ग्लोबल आइएमई बैंकले ८१ करोड ३६ लाख र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७३ करोड ४४ लाख रुपैयाँ खुद नाफा गरेका छन्।

नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, एनआइसी एसिया बैंक र सानिमा बैंकको नाफा भने खुम्चिएको छ।

वाणिज्य बैंक २०८३ साउन
नाफा रु. (दश लाखमा)
२०८२ साउन
नाफा रु. (दश लाखमा)
नाफा फरक
(प्रतिशतमा)
नेपाल३०८.६५५२.७२-४४.१७
राष्ट्रिय वाणिज्य५२३.९५५८.३-६.१६
नबिल८८३.१७७१६.४२३.२८
नेपाल इन्भेष्टमेन्ट७३४.४४६३४.२३१५.८
स्टान्डर्ड चार्टर्ड२०३.८८२७१.६३-२४.९४
हिमालयन२७३.०२४०८.९४-३३.२४
नेपाल एसबिआई१७५.९२१५८.९३१०.६९
एभरेष्ट४९२.१४८३.९१.६९
एनआइसी एसिया२२१.७१३१९.३७-३०.५८
माछापुच्छ्रे२७२.७८२६५.२३२.८५
कुमारी५४७४९२.४४११.०८
लक्ष्मी सनराइज४९६.७५३९४.४५२५.९३
सिद्धार्थ४२९.४९४०१.३५७.०१
कृषि३८८.२९३.७५१०२५४.४
ग्लोबल आइएमई८१३.६७८४.५४३.७
सिटिजन्स२५९.२२७२.४६-४.८७
प्राइम५२१.८३५०४.९६३.३४
एनएमबि४७९.०३४६६.७७२.६३
प्रभु३२९.३९३०२.३३८.९५
सानिमा३८२.८३९०.२६-१.९१
जम्मा८७३६.९८३८२.९६४.२२
स्रोत : राष्ट्र बैंक