रेमिटेन्स २१.२ प्रतिशतले वृद्धि, चालु आवको पहिलो महिनामा भित्रियो २ खर्ब १५ अर्ब

बिजमाण्डू
२०८३ असोज २ गते १८:०७ | Sep 18, 2026
रेमिटेन्स २१.२ प्रतिशतले वृद्धि, चालु आवको पहिलो महिनामा भित्रियो २ खर्ब १५ अर्ब


काठमाडौं। चालु आर्थिक वर्षको पहिलो महिना रेमिटेन्स २१.२ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार साउनमा २ खर्ब १५ अर्ब ५ करोड रेमिटेन्स भित्रिएको छ।

Vigo
GBIME
Tata

वैदेशिक रोजगारीमा जानेको संख्यामा केही कमी आए पनि डलर दर बढेको प्रभाव रेमिटेन्समा परेको हो।

साउनमा वैदेशिक रोजगारीमा जान अन्तिम श्रम स्वीकृति लिनेको संख्या ४२ हजार ६९३ छ। पोहोर साउनमा ४४ हजार ४६६ ले अन्तिम श्रम स्वीकृति लिएका थिए। पुन: श्रम स्वीकृति लिनेको संख्या भने पोहोर २३ हजार ६४४ रहेकामा अहिले २७ हजार ७४८ छ।