बैंकको सेयरमा लगानीकर्ताको आकर्षण, नेप्से २२.८५ अंकले बढ्दा धेरै कारोबार हुने ५ कम्पनीमा ४ वटा बैंक

बिजमाण्डू
२०८३ असोज २ गते १५:३५ | Sep 18, 2026
बैंकको सेयरमा लगानीकर्ताको आकर्षण, नेप्से २२.८५ अंकले बढ्दा धेरै कारोबार हुने ५ कम्पनीमा ४ वटा बैंक


काठमाडौं। लगानीकर्ताले वाणिज्य बैंकको सेयरमा लगानी बढाउन थालेका छन्। शुक्रबार सर्वाधिक कारोबार भएका शीर्ष ५ कम्पनीको सूचीमा ४ वटा वाणिज्य बैंक परेका छन्।

Vigo
GBIME
Tata

कुमारी, लक्ष्मी सनराइज, ग्लोबल आइएमई र सिद्धार्थ बैंक शीर्ष ५ कम्पनीको सूचीमा परेका हुन्। कुमारी बैंकको सबैभन्दा धेरै ३२ करोड १३ लाख ८१ हजार रुपैयाँको सेयर किनबेच भएको छ।

यस्तै, लक्ष्मी सनराइजको २७ करोड १६ लाख र ग्लोबल आइएमई बैंकको २३ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ।

सेयर बजार परिसूचक शुक्रबार २२.८५ अंक उकालो लागेर २६४७.२२ विन्दुमा पुग्दा बैंकिङको सूचक सबैभन्दा धेरै १.५९ प्रतिशतले बढेको छ।

१९६ कम्पनीका लगानीकर्ताले कमाएका छन्। स्नो रिभरको सेयर मूल्य सबैभन्दा धेरै १३.६६ प्रतिशतले बढेको छ।

सूचकसँगै सेयर कारोबार रकम बढेको छ। बिहीबार ५ अर्ब ५९ करोड रुपैयाँको सेयर किनबेच भएकामा शुक्रबार ६ अर्ब ७४ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ।

बजारमा ७४ कम्पनीको सेयर मूल्य घटेको छ। हाथवेको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ।