सुनको मूल्य तोलामा ३ हजार ६०० रुपैयाँले बढ्यो, चाँदीमा १५० रुपैयाँको बढोत्तरी

बिजमाण्डू
२०८३ असोज २ गते ११:२२ | Sep 18, 2026
सुनको मूल्य तोलामा ३ हजार ६०० रुपैयाँले बढ्यो, चाँदीमा १५० रुपैयाँको बढोत्तरी


काठमाडौं । आज सुन र चाँदीको मूल्य बढेको छ। अघिल्लो दिनको तुलनामा सुन तोलामा ३ हजार ६०० रुपैयाँ र चाँदी तोलामा १५० रुपैयाँले वृद्धि भएको हो।

Vigo
GBIME
Tata

शुक्रबारको लागि सुनको कारोबार मूल्य प्रति तोला ३ लाख ३ हजार १०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार सुन तोलामा २ हजार ३०० रुपैयाँले घटेर प्रति तोला २ लाख ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य शुक्रबार प्रति तोला ४ हजार ७७५ रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रति तोला ४ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य शुक्रबार ४३६६.१४ डलर छ। चाँदीको भाउ भने प्रति औंस ६६.३३ डलर रहेको छ।