त्रिभुवन राजपथ र कान्ति राजमार्गमा आजदेखि दुईतर्फी यातायात संचालन

बिजमाण्डू
२०८३ असोज २ गते १०:५१ | Sep 18, 2026
त्रिभुवन राजपथ र कान्ति राजमार्गमा आजदेखि दुईतर्फी यातायात संचालन
File Photo


काठमाडौं । हेटौँडाबाट काठमाडौं आवतजावतका लागि प्रयोग हुने त्रिभुवन राजपथ (बाइरोड) र कान्ति राजमार्गमा आजदेखि नियमित रूपमा दुईतर्फी रूपमा संचालनमा आएका छन्।

Vigo
GBIME
Tata

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा अवरुद्ध सडक संचालनमा आएसँगै दुवै मार्गमा दुईतर्फी सवारी आवागमन खुला गरिएको जानकारी दिए।

त्रिभुवन राजपथले हेटौँडालाई पालुङ-नौबिसे हुँदै काठमाडौँसँग जोड्छ भने कान्ति राजमार्गले हेटौँडालाई टीकाभैरव-ललितपुर हुँदै काठमाडौँ उपत्यकासँग जोड्छ।

कृष्णभीरमा सडक अवरुद्ध भएपछि सवारी आवागमनलाई सहज, सुरक्षित तथा व्यवस्थित बनाउन गत भदौ १६ गतेदेखि मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनलाई त्रिभुवन राजपथ हुँदै काठमाडौँ जाने र फर्कंदा कान्ति राजमार्ग प्रयोग गर्नेगरी प्रशासनले एकतर्फी व्यवस्था गरेको थियो।

कृष्णभीर खण्डमा सडक संचालनमा आएपछि उक्त व्यवस्था हटाउँदै शुक्रबारदेखि त्रिभुवन राजपथ र कान्ति राजमार्गमा नियमित रूपमा दुईतर्फी रूपमा यातायात संचालन खुला गरिएको प्रशासकीय अधिकृत सुवेदीले बताए।