दसैंका लागि कोरला नाकाबाट बढ्यो आयात, एकैदिन ८१ करोड रुपैयाँसम्म राजस्व संकलन

बिजमाण्डू
२०८३ असोज १ गते १७:२८ | Sep 17, 2026
दसैंका लागि कोरला नाकाबाट बढ्यो आयात, एकैदिन ८१ करोड रुपैयाँसम्म राजस्व संकलन


काठमाडौं। दसैंका लागि कोरला नाकाबाट आयात बढ्न थालेको छ। भोटेकोशी नदीको बाढीले रसुवागढी नाका बन्द भएपछि तथा तातोपानी नाका चीनले बन्द गरेपछि कोरलाबाट आयात बढेको हो।

Vigo
GBIME
Tata

कोरलाबाट रेडिमेड कपडा, फलफूल, जुत्ताचप्पल लगायत चाडपर्व र जाडो लक्षित सामानको आयात बढ्दो क्रममा रहेको भन्सार कार्यालय मुस्ताङका प्रमुख अधिकृत विदुर चुडालले जानकारी दिए।

उनका अनुसार कोरला नाकाबाट अहिले दैनिक रुपमा ५० देखि ७० कन्टेनरसम्म सामान भित्रिरहेका छन्। विद्युतीय गाडीको आयात पनि बढेको छ। कोरला सीमा नाका नजिकै हाल ५०० भन्दा बढी इभी गाढी छन्।

‘एकै दिनमा हालसम्मकै सबैभन्दा धेरै ८१ करोड रुपैयाँसम्म राजस्व उठेको छ,’ उनले भने।

रसुवा बाढीले गर्दा केरुङमा रोकिएका १७५ कन्टेनर कोरला नाकाबाट नेपाल भित्रिएका छन्।