होटल पौवाले बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्‍यो ११ लाख सहयोग

बिजमाण्डू
२०८३ असोज १ गते १३:०६ | Sep 17, 2026
होटल पौवाले बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्‍यो ११ लाख सहयोग


काठमाडौं। बाढी प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा होटल पौवाले ११ लाख रुपैयाँ सहयोग गरेको छ।

Vigo
GBIME
Tata

होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बिहीबार चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ११ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

चेक बुझ्दै प्रमुख जिल्ला अधिकारी अर्यालले भोटेकोशी बाढीपछिको विपद्को समयमा राहत र पुनर्स्थापनाका लागि होटल पौवाले राहत कोषमा सहयोग गरेकोमा आभार व्यक्त गरेका थिए। उनले विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि निजी क्षेत्रबाट हुने सहयोग महत्त्वपूर्ण हुने बताए।

त्यसक्रममा होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले सबै पौवाका संचालक, व्यवस्थापक र कर्मचारीहरूले समेत आफ्नो तर्फबाट रकम संकलन गरेर सहयोग गरेको बताए ।

‘रकम ठूलो नभए पनि अहिले देश महाविपत्तिको अवस्थाबाट गुज्रिरहेका बेला हाम्रो सानो सहयोगले पनि प्रभावित नागरिकका लागि केही राहत पुग्ने विश्वास गरेका छौं,’ ज्ञवालीले भने।

होटल पौवाले व्यवसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि आफ्नो कार्यक्षेत्रको महत्वपूर्ण हिस्सा मान्दै आएको जनाएको छ। विपद्, सामाजिक सेवा तथा समुदायसँग सम्बन्धित विभिन्न गतिविधिमा पौवाले यसअघि पनि सहयोग गर्दै आएको जनाएको छ।