राष्ट्रिय सेवा दल विधेयक राज्य व्यवस्था समितिबाट पारित, बालेनको प्रस्तावमा हेरफेर

बिजमाण्डू
२०८३ असोज १ गते १२:२७ | Sep 17, 2026
राष्ट्रिय सेवा दल विधेयक राज्य व्यवस्था समितिबाट पारित, बालेनको प्रस्तावमा हेरफेर


काठमाडौं। राष्ट्रिय सेवा दल विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले संशोधनसहित पारित गरेको छ।

Vigo
GBIME
Tata

समितिको बिहीबार बसेको बैठकले विधेयक पारित गरेको हो। विधेयकमाथि दफाबार छलफल गरेर तयार पारिएको प्रतिवेदन बिहीबार नै प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गर्ने तयारी छ।

प्रधानमन्त्री बालेन्द्र शाहले गत असार १६ गते जुनसुकै नेपाली नागरिकलाई पनि नेपाली सेनाको तालिम दिने गरी राष्ट्रिय सेवा दल विधेयक संसद्‍मा दर्ता गराएका थिए।

सरकारले ‘विशेष परिस्थिति’ र आन्तरिक द्वन्द्वको समयमा जोसुकै व्यक्ति र संस्थालाई सेनाले तालिम दिन सक्ने व्यवस्था सहितको विधेयक ल्याएकामा समितिले सेवा दलबाट तालिम लिएको कारणले मात्र सैनिक सेवामा काम गर्न बाध्य गराइने छैन भन्ने व्यवस्था थपिएको छ।