भोटेकोशी बाढी प्रभावितको राहतका लागि एनसेलका कर्मचारीले दिए ३३ लाख ५० हजार

बिजमाण्डू
२०८३ भदौ ३१ गते १९:०९ | Sep 16, 2026
भोटेकोशी बाढी प्रभावितको राहतका लागि एनसेलका कर्मचारीले दिए ३३ लाख ५० हजार


काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि एनसेलका कर्मचारीले ३३ लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन्।

Vigo
GBIME
Tata

कम्पनीका कर्मचारीले संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्। उनीहरुले सहयोग रकमको चेक बुधबार सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनालाई हस्तान्तरण गरेका छन्।

एनसेलका चिफ रेगुलेटरी एन्ड कर्पोरेट सर्भिसेज अफिसर डिल्लीराम श्रेष्ठले चेक हस्तान्तरण गरेका हुन्। चेक हस्तान्तरणकार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरे पनि उपस्थित थिए।

एनसेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा यसअघि नै एक करोड रुपैयाँ सहयोग गरिसकेको छ।