सिटिजन्स बैंकको लाभांश घोषणा, सेयरधनीलाई ६२ करोड २ लाख बराबर प्रतिफल दिने

बिजमाण्डू
२०८३ भदौ ३१ गते १७:३२ | Sep 16, 2026
सिटिजन्स बैंकको लाभांश घोषणा, सेयरधनीलाई ६२ करोड २ लाख बराबर प्रतिफल दिने


काठमाडौं। सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ४ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।

Vigo
GBIME
Tata

सञ्चालक समितिले ३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो। सेयरधनीले ६२ करोड २ लाख ९८ हजार रुपैयाँ बराबर लाभांश पाउनेछन्। बैंकको चुक्ता पुँजी हाल १५ अर्ब ५० करोड ७४ लाख रुपैयाँ छ।

नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको २०औं वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले लाभांश पाउनेछन्। बैंकको २० वर्षको औसत लाभांश दर १०.०८ प्रतिशत छ।