अख्तियारका अधिकारी र गृह प्रशासनका तीन सहसचिव पेन्डिङमा, १४ जनाको सरुवा गर्दा को कहाँ?

बिजमाण्डू
२०८३ भदौ ३० गते १८:४९ | Sep 15, 2026
अख्तियारका अधिकारी र गृह प्रशासनका तीन सहसचिव पेन्डिङमा, १४ जनाको सरुवा गर्दा को कहाँ?
मन्त्रिपरिषद्को भदौ २५ गते बसेको बैठक


काठमाडौं। सरकारले चार जना सहसचिवलाई अतिरिक्त समूहमा राखेको छ।

Vigo
GBIME
Tata

सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका गोविन्दप्रसाद अधिकारी तथा गृह मन्त्रालय मातहतका डा पुष्पराज शाही, भूपेन्द्र थापा र चिरञ्जिवी पौडेललाई भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरी अतिरिक्त समूहमा राखेको हो। अतिरिक्त समूहमा राख्नु भनेको कामविहीन बनाइनु हो।

भदद २५ गते बसेको मन्त्रिपरिषद् बैठकले १४ जना सहसचिवको सरुवा गरेकामा गृह मन्त्रालय मातहतका चार जना परेका छन्। शाही, थापा र पौडेलबाहेक बद्रिनाथ गैह्रे पनि गृह प्रशासनबाट बाहिरिएका छन्। उनलाई पूर्वाधार विकास मन्त्रालय सरुवा गरिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एकदेव अधिकारी र उद्योग मन्त्रालयका मोतीराम सापकोटालाई गृह मन्त्रालय लगिएको छ।

नारायणप्रसाद रिसाल कोशी प्रदेशबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आइपुगेका छन्। पूर्वाधार विकास मन्त्रालयका बलराज रिज्याललाई सुदूरपश्चिम पुर्‍याइएको छ।

सरुवा भएका सहसचिवको सूची संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार सार्वजनिक गरेको छ।