काठमाडौं। एनआइसी एसिया बैंकका ग्राहकले आइएमई हस्पिटालिटी अन्तर्गतका होटल तथा केबलकार सेवामा १० प्रतिशत छुट पाउने भएका छन्।
बैंकका ग्राहकले इला होटल्स एण्ड रिसोर्ट मौलाकालिका, इला कम्फोर्ट बाग्लुङ, इला कम्फोर्ट हर्कपुर र सेक एण्ड फेङ्ग रेष्टुरेन्ट लाजिम्पाटमा छुट पाउने भएका हुन्।
यस्तै मौलाकालिका केबलकार र लुम्बिनी केबलकारमा पनि बैंकका ग्राहकले १० प्रतिशत छुट पाउनेछन्।
यस सम्बन्धमा बैंक र आइएमई हस्पिटालिटीबीच समझदारी भएको छ। समझदारी पत्रमा बैंकका तर्फबाट ट्रान्जेक्सन बैंकिङ प्रमुख पुजनलाल अमात्य र आइएमई हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण थापाले हस्ताक्षर गरेका छन्। गर्नुभयो ।
समझदारी अनुसार छुट सुविधाका लागि बैंकका ग्राहकले मोबाइल बैंकिङ सेवा (मोबैंक), डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।











