काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले कोभिड-१९ पछि अर्थतन्त्रमा निरन्तर समस्या आएको बताएका छन्।
आज सेजनको साधारणसभाबाट उनले सरकारले ल्याएका १०० बुँदे याेजनाले उत्साहित बनाए पनि लगानीकर्ता पर्ख र हेरकाे अवस्थामा रहेको भनेका हुन्।
‘लगानीकाे वातावरण बनाउन निजामतीकाे प्रवृत्तिमा परिवर्तन ल्याउन जरूरी छ। सरकारले ७ दिनभित्र निर्णय गर्नुपर्ने भने पनि लामाे समयसम्म कुर्नुपर्ने अवस्था छ। समयमै निर्णय हुँदैन,’ उनले भने।
कार्यक्रममा उनले रिइन्स्याेरेन्सकाे अहिलेकाे व्यवस्था फेर्न जरुरी रहेको पनि बताए।
‘बीमा प्राधिकरणले रिइन्स्याेरेन्समा विदेशमा गर्नुपर्ने जाेखिमलाई नेपालमै गर्नुपर्ने व्यवस्था गरेकाे छ। यसले भाेटेकाेशीमा आएकाे बाढी जस्ताे जाेखिमलाई थेग्न सक्दैन,’ उनको भनाइ थियो।








