हिमालयन रिइन्स्योरेन्सका सञ्चालक सुभाषकुमार झुनझुनवालालाई थुनामै राख्न सर्वोच्चको आदेश

बिजमाण्डू
२०८३ मंसिर ४ गते २१:३६ | Nov 20, 2026
हिमालयन रिइन्स्योरेन्सका सञ्चालक सुभाषकुमार झुनझुनवालालाई थुनामै राख्न सर्वोच्चको आदेश

काठमाडौं। सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण कसुरमा हिमालयन रिइन्स्योरेन्सका सञ्चालक सुभाषकुमार झुनझुनवालाई थुनामै राख्न आदेश गरेको छ। झुनझुनवालाई विशेष अदालतले पनि थुनामै राख्न आदेश गरेको थियो।

GBIME
Tata

न्यायाधीशद्वय शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले विशेषको आदेश सदर गर्दै थुनामै राखेको हो। विशेषको थुनछेक आदेशउपर असोज १९ गते उनी सर्वोच्च पुगेका थिए।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले झुनझुनवालालाई २७ करोड ३३ लाख रुपैयाँ बिगो कायम गरेको छ।