काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेश कुमार सिंहले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार तासको पत्ता जस्तै भएको बताएका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा अमरेशले मधेशमाथि सरकारले प्रहार गरेको बताए। ‘मधेशीलाई प्रहार भएको छ। तपाइँको सत्ता तासको पत्ता हो। चाहे दीपक शाहको राजीनामा होस्, चाहे गौरीकुमारीको होस्,’ उनले भने।
सरकार संविधान अनुसार नचलेको उनको आरोप छ। उनले मधेशीलाई प्रहार गर्दा बालेन नेतृत्वको सरकारको नाश हुने बताए। उनले सरकार गुण्डाराजमा चलेको आरोप समेत लगाए।
प्रधानमन्त्री बालेनभन्दा उनका सल्लाहकार बलियो भएको सिंहले बताए। ‘अहिले संविधानले समावेशी ग्यारेण्टी गरेको छ। प्रधानमन्त्रीय शासन व्यवस्था सल्लाहकार व्यवस्थामा परिवर्तन भएछ। सरकारको केन्द्र ज्वागल बनिरहेको छ। हुकुमी शासन चलिरहेको छ,’ उनले भने।
उनले मुद्दा चलाउनका लागि सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकलाई बोलाएर कन्चटमा पेस्तोल राखेर धम्की दिने काम भएको समेत बताए। नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलाई पनि सरकारले अपमान गरिरहेको उनको भनाइ थियो।










