एक्सेल डेभलपमेन्ट बैंकमा तीन जना सञ्चालक चयन, युवा उद्यमी चिराग गोयल पनि निर्वाचित

बिजमाण्डू
२०८३ भदौ २५ गते १२:३२ | Sep 10, 2026
एक्सेल डेभलपमेन्ट बैंकमा तीन जना सञ्चालक चयन, युवा उद्यमी चिराग गोयल पनि निर्वाचित


काठमाडौं। उद्यमी चिराग गोयल एक्सेल डेभलपमेन्ट बैंकको सञ्चालकमा निर्वाचित भएका छन्। बैंकको बुधबार सम्पन्न २०औं वार्षिक साधारण सभाबाट चिराग सञ्चालक समितिको सदस्यमा निर्वाचित भएका हुन्।

Vigo
GBIME
Tata

सर्वसाधारण सेयरधनीको तर्फबाट चिरागसँगै पर्शुराम दाहाल र यज्ञप्रसाद शर्मा पनि सञ्चालकमा निर्वाचित भएका छन्। उनीहरुलाई बैंकका अध्यक्ष महेन्द्रकुमार गोयलले पद तथा गोपनीयताको शपथ गराएका छन्।

चिराग लामो समयदेखि उत्पादन, व्यापार, बैंकिङ तथा वित्त, बीमा, रियल इस्टेट, खानी, नवीकरणीय ऊर्जा, कृषि, आतिथ्य तथा निर्माणलगायत विभिन्न क्षेत्रमा सक्रिय छन्।

चिराग गोयल

उनी व्यवसायसँगै एक दशकभन्दा बढी समयदेखि सामाजिक तथा मानवीय क्षेत्रमा पनि सक्रिय छन्।

युवा नेतृत्व तथा उद्यमशीलताको क्षेत्रमा परिचित अनुहार गोयलले नेप्लिज योङ इन्टरप्रेनरसिप फोरमको अध्यक्षका रुपमा समेत काम गरिसकेका छन्।