एनभीएल: लगातार तीन हारपछि मधेशको पहिलो जित, खप्तडमाथि सोझो सेटमा जित

बिजमाण्डू
२०८३ भदौ २३ गते १९:१२ | Sep 8, 2026
एनभीएल: लगातार तीन हारपछि मधेशको पहिलो जित, खप्तडमाथि सोझो सेटमा जित
प्रतिस्पर्धामा मधेश र खप्तडका खेलाडी। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू

काठमाडौं। मधेश वारियर्सले नेपाल भलिबल लिग (एनभीएल) पहिलो जित हात पारेको छ। लगातार ३ खेलमा पराजय भोगेको मधेशले आफ्नो चौथो खेलमा पहिलो जित निकालेको हो।

Vigo
GBIME
Tata

केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रतियोगिताको खेलमा रविन मधेशले खप्तड फाल्कन्सलाई सोझो सेटमा पराजित गरेको छ। मधेश २५–२१, २५–२० र २५–२३ ले विजयी भयो। मधेशका जिविन सेबास्टियन ‘म्यान अफ द म्याच’ घोषित भए।

प्रतिस्पर्धामा मधेश र खप्तडका खेलाडी। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू

यसअघि मधेश पहिलो खेलमा सगरमाथा स्म्यासर्ससंग ३–१, दोश्रोमा काठमाडौं रेड्ससंग ३–२ र अन्नपूर्ण स्पाइकर किङ्ससंग ३–१ ले चुकेको थियो। खप्तडको भने तेश्रो खेलमा लगातार हार हो। अघिल्ला दुई खेलमा पनि खप्तड सोझो सेटमै पराजित भएको थियो। खप्तडलाई सगरमाथा र कर्णाली शिवराजले हराएका थिए। खप्तडको अब शीर्षतीनका लागि झिनो आशामात्रै बाँकी छ।

आजको दोस्रो खेलमा काठमाडौं रेड्स र सगरमाथा स्म्यासर्स प्रतिस्पर्धामा छन्।

प्रतिस्पर्धामा मधेश र खप्तडका खेलाडी। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू

६ टोलीले प्रतियोगिताम सिंगल राउन्ड रोविन लिगका आधारमा खेलिरहेका छन्। लिगमा शीर्ष स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्ने छ। शीर्ष दुई र तेश्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन्।

नेपाल भलिबल लिगको कुल पुरस्कार राशी ३२ लाख रुपैयाँ रहेको छ। विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्ने छन्। फाइनल भदौ २७ गते हुनेछ।

प्रतिस्पर्धामा मधेश र खप्तडका खेलाडी। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू