काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशन सरेको छ। भदौ २४ गतेबाट हुने भनिएको कांग्रेसको वडा अधिवेशन असोज ३ गतेबाट हुने कांग्रेसको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार असोज ३ र ४ गते वडा अधिवेशन हुनेछ।
‘भदौ १ गतेसम्म बसेको बैठकको निर्देशन र केन्द्रीय निर्वाचन समितिको भदौ २ गते बसेको बैठकको निर्णय अनुसार वडा अधिवेशन भदौ २४ गतेबाट सुरू गर्ने भनी परिमार्जित कार्यतालिका प्रकाशित भएको हो,’ संयोजक खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
कांग्रेसले असोज ७ गते वुधबार गाउँ/नगर अधिवेशन गर्ने, असोज १० गते प्रदेश सभा क्षेत्रीय अधिवेशन/प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ।
केन्द्रीय महाधिवेशन २०८३ असोज १६, १७, १८ र १९ गते गर्नका लागि राष्ट्रिय सभागृह बुक गर्न पत्रचारसमेत गरिसकेको छ।
जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको समयतालिका भने कार्यतालिकामा समावेश गरिएको छैन











