कांग्रेसको १५औं महाधिवेशन निर्धारित मितिमै, हल बुकिङका लागि राष्ट्रिय सभागृहलाई पत्र



बिजमाण्डू
२०८३ भदौ २३ गते १४:५८ | Sep 8, 2026
कांग्रेसको १५औं महाधिवेशन निर्धारित मितिमै, हल बुकिङका लागि राष्ट्रिय सभागृहलाई पत्र
कांग्रेस सभापति गगन थापा


काठमाडौं। नेपाली कांग्रेसले १५औं महाधिवेशनका लागि हल बुकिङ गर्न पत्र लेखेको छ।

Vigo
GBIME
Tata

संस्थापनइत्तर पक्षको समानान्तर गतिविधिका कारण कतिपयले महाधिवेशन सर्ने आशंका गरिरहेका बेला कांग्रेसले हल बुक गर्न पत्र लेखेको हो।

कांग्रेसले राष्ट्रिय सभागृहलाई ६ दिनसम्म प्रदर्शनी हल, लबी, पार्किङस्थल र बगैंचा उपलब्ध गराइदिन मंगलबार पत्र लेखेको छ।

कांग्रेसको महाधिवेशन असोज १६ देखि १९ गतेसम्मका लागि तय भएकामा १५ देखि २० गतेसम्मका लागि हल बुक गर्न लागिएको हो।