काठमाडौं। सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि सरकारलाई १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन्।
कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवस न्यौपाने, संचालक टिकाराम न्यौपाने, पूर्वसंचालक विमल कुमार सावर्थिया, पूर्वसंचालक तेन्जिन लाक्देन, प्रमुख संचालन अधिकृत नवीन प्रकाश अधिकारी र कम्पनी सचिव कमल कुमार भारतीले सहयोग रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन्।
राष्ट्रिय विपद्को कठिन समयमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गरेकोसर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले जनाएका छन्।
सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले व्यावसायिक सफलतासँगै सामाजिक उत्तरदायित्वलाई पनि आफ्नो प्राथमिकताको महत्वपूर्ण हिस्सा मान्दै आएका छन्।











