जस्मिन पेन्ट्सले प्रधानमन्त्री उद्धार कोषमा दियो २५ लाख रुपैयाँ, ‘संकटका बेला सरकारको साथमा छौं’



बिजमाण्डू
२०८३ भदौ १७ गते १४:०५ | Sep 2, 2026
जस्मिन पेन्ट्सले प्रधानमन्त्री उद्धार कोषमा दियो २५ लाख रुपैयाँ, ‘संकटका बेला सरकारको साथमा छौं’


काठमाडौं। जस्मिन पेन्ट्सले भोटेकोसी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले सामाजिक उत्तरदायित्व वहन गर्दै कोषमा यो रकम दिएको हो।

Vigo
GBIME
Tata

कम्पनीका प्रवन्ध निर्देशक लक्ष्मण अर्याल र संचालन अधिकृत सौगात अर्यालले संयुक्त रुपमा यो रकम बराबरको चेक सोमबार अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीलाई हस्तान्तरण गरे।

‘३२ वर्षदेखि संचालनमा रहेको यो उद्योगले देशमा परेको संकटका बेलामा अग्रपंक्तिमै उभिएर साथ दिइरहेको छ। अहिले यति ठूलो संकट परेका बेला पीडित परिवारलाई केही सहयोग पुगोस् भनेर यो रकम दिएका हौ,’ उनले भने।