काठमाडौं। मुक्तिनाथ म्युचुअल फण्ड-१ का इकाईधनीले २.२० प्रतिशत नगद लाभांश पाउने भएका छन्।
योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट इकाईधनीलाई २.२० प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
क्यापिटलले लाभांश वितरणका लागि भदौ २४ गते बुक क्लोज तोकेको छ। बुक क्लोजअघि कायम सेयरधनीले मात्रै प्रतिफल पाउनेछन्।











