नेपाल चीन सीमामा हिमचट्टान पहिरो पछि ल्हेन्दे खोलामा गेग्य्रान सहितको बाढी : प्राधिकरण



बिजमाण्डू
२०८३ भदौ १० गते १७:५५ | Aug 26, 2026
नेपाल चीन सीमामा हिमचट्टान पहिरो पछि ल्हेन्दे खोलामा गेग्य्रान सहितको बाढी : प्राधिकरण


काठमाडौं । राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल चीन सीमामा गएको हिमचट्टान पहिरोका कारण बाढी गएको देखिएको जनाएको छ।

Vigo
GBIME
Tata

प्राधिकरणले सूचना जारी गर्दै स्याटेलाइट तस्बिरको विश्लेषणका आधारमा गरिएको प्रारम्भिक अध्ययनबाट नेपाल-चीन रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपाल-चीन सिमानामा गएको हिमचट्टान पहिरो गएको उल्लेख गरेको छ।

सोहीकारण ल्हेन्दे खोलामा गेग्य्रानसहितको बाढी आएको र टिमुरे हुँदै उक्त बाढी त्रिशूली नदीमा प्रवेश गरेको देखिएको प्राधिकरणले जनाएको छ।

आज बिहान आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवनका तटीय क्षेत्रमा क्षति गरेको छ।