काठमाडौं। सुनको भाउ लगातार उकालो लागेको छ। साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनुको मूल्य प्रति तोला ३ लाख १९ हजार ५०० रुपैयाँ निर्धारण गरेको छ। सुन शुक्रबार तोलामा ३ हजार ३०० रुपैयाँ बढेर ३ लाख १६ हजार ७०० रुपैयाँका दरले कारोबार भएको थियो।
आइतबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेर प्रति तोला ४ हजार ९७५ रुपैयाँ कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा प्रति औंस सुनको मूल्य ४६०३ र चाँदी ६८.९८ डलरमा कारोबार भइरहेको छ।











