संयुक्त राष्ट्रसंघको ८१औं महासभामा बालेन नजाने, परराष्ट्रमन्त्री खनालको नेतृत्वमा भाग लिने



बिजमाण्डू
२०८३ भदौ ३ गते १८:३२ | Aug 19, 2026
संयुक्त राष्ट्रसंघको ८१औं महासभामा बालेन नजाने, परराष्ट्रमन्त्री खनालको नेतृत्वमा भाग लिने


काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा नजाने भएका छन्। बालेनको साटो परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली टोलीको प्रतिनिधित्व गर्ने भएका छन्।

Tata
GBIME

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको ८१औं महासभामा परराष्ट्रमन्त्री नेतृत्वको टोलीलाई सहभागी हुन स्वीकृति दिएको छ।

पोहोर पनि तत्कालीन प्रधानमन्त्री सुशीला कार्की राष्ट्रसंघको महासभामा गएकी थिइनन्।

बैठकले साउदी अरेबियासँग हवाइ सम्झौता गर्न स्वीकृति दिएको छ। बैठकले भुक्तानी तथा फर्छ्योट ऐन २०७५ लाई संशोधन गर्न बनेको र नागरिक लगानी कोष ऐनलाई संशोधन गर्न बनेको विधेयक संसद्‍मा पेस गर्न स्वीकृति दिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।