काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोल सुधारका लागि जापान सरकारले अनुदान उपलब्ध गराउने भएको छ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले जापानबाट प्राप्त हुने २ अर्ब ७३ करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्न स्वीकृति दिएको छ।
यो रकम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक व्यवस्थित र छरितो बनाउन उपयोग गरिनेछ। उपकरण थप गर्न अनुदान सहायता परिचालन हुने अर्थ मन्त्रालयले जनाएको छ।








