काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदलाई संसद् बैठकमा पूरै अवधि बसाल्नका लागि कडाइ गर्न सुरु गरेको छ।
हाजिर गरेर हिंड्ने (हाटा) प्रवृत्तिका कारण कोरम नपुगेर विधेयक निर्णायार्थ प्रस्तुत गर्न नसक्ने स्थिति आएपछि रास्वपाले सांसदहरुले अब आइन्दा बैठकबाट बाहिरिने फारम भर्नुपर्ने व्यवस्था गरेको छ।
‘कारणवश संसद् बैठकमा उपस्थित हुन नसकेमा, बैठकमा ३० मिनेट भन्दा ढिलो उपस्थित हुने अवस्थामा, उपस्थित भएर बैठक बीचमै छोड्नुपर्ने भएमा वा बैठकको बीचमा बाहिर गई फर्किनुपर्ने भएमा अनुपस्थित आवेदन फारम अनिवार्य पेस गर्न निर्देशन गरिन्छ,’ रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले भनेका छन्।









