काठमाडौं। पूर्वाधारमन्त्री सुनिल लम्साललाई आइतबार बिहानबाट ‘हाइ फिभर’ आएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइने भएको छ।
सेनाको हेलिकोप्टरमार्फत बैतडीबाट काठमाडौं ल्याइने भएको हो।
‘शनिबारसम्म केही भएको थिएन। तर, आइतबार अचानक ज्वरो आएर स्वास्थ्यमा समस्या आयो,’ स्रोतले भन्यो, ‘त्यसपछि तत्कालै सेनाको हेलिकोप्टर मगाएर काठमाडौं लगिदैछ।’
लम्साल शुक्रबारदेखि सुदूरपश्चिमका विभिन्न सडक र पूर्वाधारको स्थलगत अनुगमनका लागि गएका थिए। उनी देशका विभिन्न स्थानमा आफैंले गाडी चलाएर अनुगमनका निस्किने गरेका छन्।










