गगनलाई पूर्णबहादुरको चेतावनी, ‘अपमान गर्ने र हुर्मत लिने काम तत्काल बन्द गरियोस्’



बिजमाण्डू
२०८३ साउन २९ गते १९:३६ | Aug 14, 2026
गगनलाई पूर्णबहादुरको चेतावनी, ‘अपमान गर्ने र हुर्मत लिने काम तत्काल बन्द गरियोस्’


काठमाडौं। नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले पार्टीलाई एकताबद्ध बनाएर लोकतान्त्रिक शक्तिलाई एक ठाउँमा नउभ्याए देशमा भदौ २४ मा भन्दा डरलाग्दो घटना हुने जोखिम रहेको बताएका छन्।

Tata
GBIME

उनले शुक्रबार संस्थापनइतर समूहले गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सम्भावित घटना रोक्नका लागि कांग्रेको एकताको विकल्प नरहेको बताए।

‘यदि हामीले एकताबद्ध भएर सिंगो लोकतन्त्रवादी, राष्ट्रवादीलाई एक ठाउँमा उभ्याउन सकेनौं भने यहाँ हुने उत्पातले भदौ २४ भन्दा धेरै डरलाग्दो सम्भावित खतरा आउने वाला देखिन्छ,’ उनले भने, ‘त्यसैले त्यसलाई रोक्नका लागि कांग्रेसको एकता बाहेक अरु कुनै विकल्प छैन।’

उनले कांग्रेस सभापति गगन थापामाथि आफूमाथि असक्षम भनेर मानमर्दन नगर्न चेतावनी दिए।

‘अहिले पनि तपाइँहरु सुन्नुहुन्छ, क्षमता नभएको कार्यबाहक सभापति, निर्णय गर्न नसक्ने कार्यबाहक सभापतिका कारण धेरै कुरा बिग्रियो। मैले त्यो अपमान, अपजस सुन्दै आएको छु, बेहोर्दै आएको छु। कांग्रेसबाटै संचालन हुने सामाजिक संजालको माध्यमबाट एमालेले होइन, माओवादीले होइन, अरु दलले होइन, कांग्रेसबाट संचालन हुने सामाजिक संजालले सबै नेताहरुको हुर्मत लिने काम भएको छ। त्यो तत्काल बन्द गर्न जरुरी छ,’ उनले भने।

खड्काले गगन नेतृत्वको समितिलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णय अवैधानिक रहेको भन्दै रुख र चारतारे झन्डा शेरबहादुर देउवाको भएको बताए।