काठमाडौं। जेनजी आन्दोलनका घाइते र शहीद परिवारले १५ लाख रुपैयाँसम्म सहुलितपूर्ण कर्जा पाउने भएका छन्।
अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि दोस्रो संशोधन गर्दै जेनजी आन्दोलनका घाइते र शहीद परिवार लक्षित स्वरोजगार उद्यम कर्जा समावेश गरेको हो।
लक्षित परिवारले कृषि तथा पशुपन्छीजन्य व्यवसाय, घरेलु तथा साना उद्योग, सेवा, सूचना प्रविधि, पर्यटनलगायत क्षेत्रमा आधारित व्यवसाय सञ्चालन गर्न सक्नेछन्।
त्यसका साथै उत्पादनमूलक उद्योग, स्टार्टअप र सरकारले तोकेका रोजगारमूलक व्यवसाय सञ्चालन गर्न सहुलितपूर्ण कर्जा पाउने मन्त्रालयले जनाएको छ।










