हिमालयन डिष्टिलरीको नाफा २८.१४ प्रतिशत वृद्धि, कमायो १ अर्ब २० करोड रुपैयाँ



बिजमाण्डू
२०८३ साउन २९ गते १०:४४ | Aug 14, 2026
हिमालयन डिष्टिलरीको नाफा २८.१४ प्रतिशत वृद्धि, कमायो १ अर्ब २० करोड रुपैयाँ


काठमाडौं । हिमालयन डिष्टिलरीले आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब २० करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले गत वर्ष आर्जन गरेको मुनाफा अघिल्लो वर्ष सोही अवधिको तुलनामा २८.१४ प्रतिशत धेरै हो।

Tata
GBIME

हिमालयन डिष्टिलरीले आर्थिक वर्ष २०८१/८२ मा ९४ करोड १४ लाख रुपैयाँ मुनाफा कमाएको थियो। कम्पनीको व्यापार बढ्दा नाफामा सुधार आएको हो।

हिमालयन डिष्टिलरीले पोहोर व्यापार १२.६७ प्रतिशतले वृद्धि गरेको छ। कम्पनीको सञ्चालन आम्दानी ८ अर्ब ११ करोड रुपैयाँ पुगेको छ।

हिमालयन डिष्टिलरीको दुई आर्थिक वर्षको वित्तीय विवरण रुपैयाँमा

सूचक२०८२/८३२०८१/८२फरक %
चुक्ता पुँजी३६८८०८२१७५३०७३४०१८१२२०.००
खुद नाफा१२०६३३७७४३९४१४४६४८७२८.१४
सञ्चालन आम्दानी८११३७९२५९६७२०११५०८९७१२.६७
वित्तीय लागत४३९६३८८१८९५९९११३१.८८
प्रति सेयर आम्दानी३२.७१२५.५३२८.१२
प्रति सेयर नेटवर्थ१४१.४३१३५.४६४.४१